Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन दलले बेवास्ता गर्दा संसदीय समिति सभापति चयनमा ढिलाई भयो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गठबन्धन दलबीच कुरा नमिल्दा समितिका सभापति चयन हुन नसकेको बताएका छन् ।

सभामुख घिमिरेले समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरूले बेवास्ता गर्दा समस्या भएको बताएका हुन् ।

उनले संसदीय समितिको सभापतिहरू चयन नहुँदा संसदीय कामकारबाही नै प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आफूले दलहरुलाई सबै समितिको एकै पटक सम्भव नभए सम्भव हुने हदसम्म समितिको सभापति चयन गर्ने विकल्प समेत अगाडि सारेको बताए ।

सभामुख घिमिरेले भने, ‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरूले निर्णय दिनुपर्ने हुन्छ । यसो नभएका कारण समस्या भएको हो। सभापतिहरू चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन् ।'

प्रतिनिधिसभाले गत वैशाख १५ गते १० वटा संसदीय समिति गठन गरेको थियो । असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेका कारण संसदीय समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077