Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 810
    SHARES

    काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले विपदमा जोखिममा परेका व्यक्ति र परिवारको पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।



    बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए।



    समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार