Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारलाई संसदीय समितिको निर्देशन- बागमती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र खाली गर्नू

    सरकारलाई संसदीय समितिको निर्देशन- बागमती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र खाली गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 642
    SHARES

    काठमाडौं । संसदीय समितिले बागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।

    बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न निर्देशन दिएको हो ।



    शहरी विकास मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका बागमती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारामा रहेका सुकुम्बासीमध्ये २० प्रतिशत मात्र वास्तविक सुकुम्बासी रहेको बताए ।



    बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा बागमती किनारको स्थलगत अवलोकन गर्ने बताए ।

    समितिले काठमाडौं उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बागमती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार