Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तत्काल स्कुल बन्द गर्न संसदीय समितिको सरकारलाई निर्देशन

    तत्काल स्कुल बन्द गर्न संसदीय समितिको सरकारलाई निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। कोरोना भाइरस संक्रमणको डर बढ्दै गएपछि संसदीय समितिले तत्काल विद्यालय बन्द गर्न सरकालाई निर्देशन दिएको छ।

    आज राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले बालबालिकाहरु कोरोना महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्‍चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो।



    विद्यार्थीमा कोरोना पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो।



    समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिका सदस्य दिनानाथ शर्माले जानकारी दिए।

    निर्देशनमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरुको सुझाव तथा आजको छलफलअनुसार हाम्रा बालबालिकाहरु अत्यन्तै जोखिममा देखिएका छन् र स्कुलहरुमा कोरोना संक्रमण भएको पुष्टि भइसक्दा पनि चरम लापरबाही गर्ने स्कुलहरुलाई अनुगमन गरी कडा कारबाही गर्न माग गरिएको छ।

    साथै, विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा हुने सिकाई तत्काल बन्द गरी वैकल्पिक विधिबाट (भर्चुअल) वर्तमान अवस्थाअनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ ।

    स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरुले पालना गर्नु जरुरी भएकाले यसमा कडाई गर्न जरुरी भएको निर्देशनमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार