Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • तीन संसदीय समितिको बैठक आज, के-के छन् एजेण्डा ?

    तीन संसदीय समितिको बैठक आज, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाका र राष्ट्रिय सभाका तीन संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एउटा समितिको बैठक बस्नेछ।

    पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ।



    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुनेछ।



    राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार