Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 339
    SHARES

    काठमाडौं । आज संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बसेको हो । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल भइरहेको छ ।



    बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।



    बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार