Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसदीय समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

    संसदीय समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसदीय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा अनुपस्थित भएका हुन् ।

    समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा अनुपस्थित भएकाले प्रधानमन्त्रीलाई पुनः बोलाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार कहिले बोलाउने भन्ने मिति भने तय भएको छैन ।



    समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार