Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भन्दै ४० लाख ठगी, मातृकाप्रसाद प्रहरीको फन्दामा

काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् ।

आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशी पक्राउ परेका हुन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएर फरार भएका थिए ।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई उनीमाथि जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077