Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भन्दै ४० लाख ठगी, मातृकाप्रसाद प्रहरीको फन्दामा

    ‘डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भन्दै ४० लाख ठगी, मातृकाप्रसाद प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् ।

    आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशी पक्राउ परेका हुन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।



    जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएर फरार भएका थिए ।



    जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई उनीमाथि जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार