Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई चीनले भन्यो - अपराधीहरूको सुरक्षित आश्रयस्थल परिणत हुनबाट रोक्नू

एजेन्सी । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् ।

उनले दुई चिनियाँ नागरिकलाई अमेरिकामा मंगलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा सो कुरा बताए ।

‘सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो’ माओले भने ।

विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानूनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077