Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते

    गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 807
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

    शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको हो ।



    जिल्ला प्रहरी कर्यालय गोरखालेका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै पर्छ। बिहीबार बेहुलीको घरमा टिकोटालो गरेपछि फर्किँदै गरेको जित राति दुर्घटनामा परेको हो ।



    अहिलेसम्म ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ जना घाइते भएका छन् । २ जनाको शकुसल उद्धार गरिएको छ ।

    घाइतेहरुलाई उपचारका लागि तनहुँको खैरेनी पठाइएको छ । दुर्घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय लगायतले उद्धार गरिरहेको प्रहरीले जनायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार