Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ओखलढुंगाको बिलन्दुमा पहिरो : चार जनाको मृत्यु, एक बेपत्ता

    ओखलढुंगाको बिलन्दुमा पहिरो : चार जनाको मृत्यु, एक बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरो जाँदा ३ घर बगाएपछि एकै परिवारका चारै जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको बताइएको छ ।



    अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।



    उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार