Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा जिप दुर्घटना अपडेट: मृतक पाँचै जनाको परिचय खुल्यो

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटना भएको थियो ।

सो दुर्घटनामा मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077