Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखा जिप दुर्घटना अपडेट: मृतक पाँचै जनाको परिचय खुल्यो

    गोरखा जिप दुर्घटना अपडेट: मृतक पाँचै जनाको परिचय खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 801
    SHARES

    गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।

    सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटना भएको थियो ।



    सो दुर्घटनामा मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।



    दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार