Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाले ल्यायो ४७ करोड २७ लाख ८३ हजारको बजेट

अछाम । चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४७ करोड २७ लाख ८३ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिकाका कार्यपालिका सदस्य भरत बिकले बिहीबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि निति तथा कार्यक्रमसँगै उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ९ करोड १० लाख, वित्तीय समानीकरण प्रदेशबाट ७२ लाख ५४ हजार, राजश्व बाँडफाँड संघबाट १० करोड ३२ लाख ४४ हजार र प्रदेशबाट २९ लाख ३५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

यस्तै सशर्त अनुदान संघबाट २३ करोड २१ लाख र प्रदेशबाट ५२ लाख ५० हजार, विशेष अनुदान संघबाट ६० लाख, समपुरक अनुदान संघबाट ५० लाख र प्रदेशबाट ५० लाख र आन्तरिक आयबाट १ करोड ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४५ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आउदो आर्थिक वर्षमा गाउँपालिकाको बजेट १ करोड ९० लाख ५८ हजार बढी हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077