Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूर्वगृहमन्त्री खाँणलाई भेट्न सुन्धारा पुगे परराष्ट्रमन्त्री साउद

    पूर्वगृहमन्त्री खाँणलाई भेट्न सुन्धारा पुगे परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 711
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद कारागार पुगेका छन् ।

    बिहीबार विहान १० बजे मन्त्री साउद पूर्वगृहमन्त्री खाँणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाईएको छ ।



    जिल्ला अदालत काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पार्टी राजनीतिमा खाँण र साउदको समकालिन नेता हुन् ।



    अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो । २९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार