Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फ्राइडे रिलिज : देशभरको हलमा लाग्यो ‘अन्तिम संस्कार’

काठमाडौं । निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको फिल्मलाई एकल प्रदर्शनको मौका छ ।

मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको अभिनय छ ।

फिल्ममा विजयले बाबु र त्रिचन्द्रले छोराको भूमिका निर्वाह गरेका छन् । विदेशी फिल्म वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलाई देशब्यापी प्रदर्शन गर्न लागेको हो ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्मको कार्यकारी निर्माता भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077