Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रेम सुवालले भने- प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा नलाग्न पनि सरकारलाई आग्रह गरे।

उनले भने, 'प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरुरी छ । र, संसद्मा नागरिकता विधेयक ल्याउन जरुरी छ । जन्मको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबा दुवै वंशजको आधारमा नेपाली नागरिक हुनुपर्ने कानुनी व्यवस्था जरुरी छ ।'

सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077