Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब वीर अस्पतालका सात सय जनरल बेड बिरामीले निःशुल्क पाउने

काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने बताईएको छ ।

सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077