Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भित्रिएको नौ दिनपछि देशभर फैलियो मनसुनी प्रणाली, भारी वर्षाको सम्भावना

    भित्रिएको नौ दिनपछि देशभर फैलियो मनसुनी प्रणाली, भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ ।

    महाशाखाले सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर विस्तारित भएको नियमित बुलेटिनमार्फत् जनाएको हो ।



    महाशाखाका अनुसार देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

    त्यस्तै मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार