Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असार १५ गतेबाट रिलिज हुने ‘परस्त्री’ले पायो पीजी सर्टिफिकेट 

काठमाडौं । यहि असार १५ गतेबाट रिलिज हुने नेपाली कथानक चलचित्र ‘परस्त्री’ले को सेन्सर पास भएको छ । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।

सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति) ले आज पीजी सर्टिफिकेट दिएपछि ‘परस्त्री’को रिलिजका लागि बाटो खुलेको छ । यसअघि सेन्सर बोर्डले चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन अस्वीकार गरेको थियो ।

सिनेमा हेर्न १८ वर्षमुनिका बालबालिकाले अभिभावक लिएर मात्रै हल जानुपर्ने गरि चलचित्रमा रहेका केही सिन हटाए र केही सिन ब्लोर गरेपछि बोर्डले पीजी सर्टिफिकेट दिएको हो ।

नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ ।

सुरज पाण्डेद्धारा निर्देशित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077