Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लापसे सेवन गरी सवारी चलाउने दुई चालक ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौंमा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका दुईजना चालक पक्राउ परेका छन् । तार्केश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बा ९१ प २३ ३२ नम्बरका मोटरसाइकल चालक रामेछाप घर भएका २१ वर्षीय रविन मगर र बागमती प्रदेश ०२-०२० प ६४ ३७ नम्बरको स्कुटर चालक काठमाडौंको तार्केश्वएर नगरपालिका ६ का २२ वर्षीय लक्ष्मण बानीया रहेका छन् ।

नियन्त्रणमा लिएका ‍ दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलिले आज‍ २१ वटा सवारी साधनका चालकलाई चेक गर्दा २ जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077