काठमाडौं । प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीको काज सरुवा गरिएको छ ।
राजनीतिक शक्ति केन्द्रको आडमा वर्षौंदेखि तराईका जिल्लामा सादा पोशाकमा बसेर काम गर्दै आएका उनीहरुको काज सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार लामो समयदेखि कार्यरत प्रहरीहरूलाई पहाडी जिल्लामा खटाइएको छ । प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा पठाएको हो ।
गत १ असारमा २४ घन्टाको समय दिएर रवाना दिन निर्देशन दिइएको थियो । सोहीअनुसार उनीहरूलाई खटाइएको जिल्लामा रवाना गरिएको बताइएको छ ।
गत महिना एआइजी मिरा चौधरीको नेतृत्वमा मधेशका आठ जिल्लामा गोप्य अनुगमन भएको थियो । सोही अनुगमन प्रतिवेदनका आधारमा मधेशका केही प्रहरीलाई पहाडी जिल्लामा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सूची :
