Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकापुर घटनाबारे प्रश्न नसोध्न रेशम चौधरीको आग्रह

    टिकापुर घटनाबारे प्रश्न नसोध्न रेशम चौधरीको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1K
    SHARES

    सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका छन् ।

    पार्टीको कार्यक्रमका लागि सुर्खेत आएका चौधरीले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न आग्रह गरेका हुन् ।



    उनले टिकापुर घटनाबारे उत्तर दिँदा दिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न सोध्न पत्रकारलाई आग्रह गरे ।



    चौधरीले भने, ‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ । तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’

    उनले सुर्खेत आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको बताए । चौधरीले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको पनि बताए ।

    धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै उनले अब नागरिक उन्मुक्ति पार्टीले त्यसो गर्न नदिने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार