Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याजी बानियाँको घर विप्लव नेकपाको कब्जामा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकस्थित रमानन्द बानियाँको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ ।

मिटरब्याजमार्फत् रुपन्देहीका डेढ सय किसानहरूलाई ठगेको भन्दै नेकपाले बानियाँको घर कब्जा गरेको हो ।

बानियाँले न्यूनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानको करोडौं रकम ब्याजका नाममा ठगेको नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बताए ।

मिटरब्याज पीडितहरूको आग्रहमा नेकपाले बानियाँको घर नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077