Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर दुई पुरूषको मृत्यु

दाङ । दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नम्बर ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ ।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077