Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको निजी सैन्य कम्पनी वाग्नर समूहद्वारा दुई वटा सहर कब्जा

एजेन्सी । रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्धको लडाइँमा प्रयोग गरेको वाग्नर समूहले युक्रेनसँगको लडाइँमा पर्याप्त हतियार नदिएको, आफ्नो सेनामाथि रुसी सेनाले आक्रमण गरेको लगायतका आरोप लगाउँदै विद्रोह सुरु गरेको छ ।

वाग्नर समूहका सेनाहरु रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका छन् ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेइ शोइगु र सेनाप्रमुख वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म आफ्नो सैनिक मस्कोतर्फ बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077