Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रूसको विद्रोही सेना रक्तपात हुन नदिने भन्दै मस्को प्रवेश नगरी फर्कियो

एजेन्सी । रूसको निजी सैन्य कम्पनी वागनर समूहले राजधानी मस्को प्रवेश नगर्ने सहमति गरेको छ ।

रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको वागनरले रक्तपात नहोस् भन्दै मस्को प्रवेश नगरी फर्किएको हो । शनिबार वागनर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो ।

योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका थिए।

शनिबार रातिसम्म यो समूह मस्को पुग्ने अनुमान थियो । तर अन्तिम समयमा आएर समूहका प्रमुख येवगेनी प्रिगोजिनले मस्को प्रवेश नगर्ने सहमति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077