Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरमै चट्याङ पर्दा छोरा र छोरीको मृत्यु, आमा घाइते

बागलुङ । बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

चट्याङले घरनजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीले बताए। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077