काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट सुरू हुने भएको छ ।
आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन हुन लागेको हो ।
शनिबार विधान अधिवेशनको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको थियो। बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आज विधान महाधिवेशनमा पेश हुन लागेको हो ।
आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने जसपाले जनाएको छ।
यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ।