Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना भएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ । धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको बतायएको छ । जीप करिब सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077