Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१९ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदासमेत सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको हो ।

‘ गैर हाजिर हुनुको सन्तोषजनक स्पष्टीकरण पत्र लेखेर बुझाउनुपर्नेछ । अन्यथा तपाइहरू उपर प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) बमोजिम सेवाबाट हटाइने कारबाही भइजाने हुँदा प्रहरी नियमावली २०७१ को अनुसूची-१४ को भाग-४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाइहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077