काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ७० वर्षे उमेर हद कायम गर्ने भएको छ ।
काठमाडौंमा आजबाट सुरु हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदामा सो उमेर हदको व्यवस्था गरेको हो ।
केन्द्रीय समितिबाट हिजो अनुमोदित भएको सो विधान आजबाट सुरु हुने विधान अधिवेशनमा पेस गरिदैँछ ।
जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन् ।
यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो व्यवस्था तुरुन्तै लागू हुनेछ ।