Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भीआईपी संस्कारले गणतन्त्रप्रति वितृष्णा बढ्यो : अमरेश सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले भीआईपी संस्कृतिकले गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले पद सिर्जना गरेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

सांसद सिंहले भने,'पद क्रेट गरेर महँगो गाडी किन्ने, त्यत्रो गाडीको अगाडि सेना, प्रहरी, सशस्त्र राख्ने भीआईपी कल्चर अन्त्य हुनुपर्‍यो ।किनभने यही भीआईपी कल्चरका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ।'

अहिले धेरै राजनीतिक पद सिर्जना गरी राज्यको सम्पत्ति दोहन भएको उनको भनाइ थियो। यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रूपमा पालिएको बताए । गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को राजा बनाइएको बताए।

जसकारण जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ थियो। अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गर्ने अभ्यास पनि रहेको बताउँदै उनले संविधान संशोधन गरी उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिनुपर्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077