Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद प्रेम सुवालले भने - राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन्

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् । सांसद सुवालले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने बताए।

सांसद सुवालले भने, 'राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन्। संसद्‌‌लाई छलेर पेस भएका नागरिता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ । विधेयक संसद्‌बाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ।'

सांसद सुवालले ती पद खोपाका मूर्तिका लागि नभएको बताउँदै सरकारलाई सुझाव दिनुपर्ने बताए। राज्यको स्वामित्व वितरणमा प्रधानमन्त्री र मन्त्रीलाई झक्झकाउने र निर्वाचित राजा जस्तो बन्न नदिन भूमिका खेल्नुपर्ने बताए।

संसद्‌लाई छलेर ल्याइएका नागरिकता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्ने उनको भनाइ थियो। लोकतन्त्रमा संसद्‌लाई सुनेर बजेट संशोधन गराउन पनि सरकारलाई प्रेरित गर्न राष्ट्रपति र उपराष्ट्रपतिले भूमिका खेल्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077