Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

नेप्से परिसूचक ६२ अंकले बढेर तीन महिनायताकै उच्च विन्दुमा

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

बजारमा परिसूचकसँगै आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन ।

आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्सेमा ४ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। लाइफइन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ इन्स्योरेन्स, समलिङ पावर कम्पनी र एनएमबी ५० को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077