Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

महानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट ल्याएको हो।

महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै, वातावरण प्रहरीको सुरुवात गरिने पनि बजेटमा उल्लेख छ। महानगरभित्रका २ वटा विद्यालयहरुलाई पूर्ण प्रविधिबाट शिक्षण गराइने बजेटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077