Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री भुसालले भने - दुग्ध विकास बोर्डको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले भन्दै खारेज गर्न लागिएको बताएका छन् ।

आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले सरकारले राखेको उद्देश्य अनुसार काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका हुन् ।

उनले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भएपनि त्यस्तो काम गर्न नसकेको उल्लेख गर्दै बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए ।

दुग्ध विकास बोर्ड खारेज गरेर सरकारले दूध विकासबाट हात झिक्न नखोजेको भन्दै उनले बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने जिकिर गरे ।

बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरू आतिनुपर्ने अवस्था नरहेको भन्दै उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनर्संरचना गर्न खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077