Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारागारमा छोरालाई बिस्कुटभित्र खैरो हिरोइन लिएर भेट्न गएकी आमा पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी महिला पक्राउ परेकी छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी-३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन ५४० मिलिग्राम बरामद गरिएको छ ।

उनले छोराका लागि ल्याएको बिस्कुटभित्र ५४० मिलिग्राम लागुऔषध भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077