Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धनगढी उपमहानगरले ल्यायो एक अर्ब ९३ करोडको बजेट

कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले अनुमानित बजेट दशौं नगर सभाबाट सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

उपहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र दायित्व सरी आएको १२ करोड ५० लाख बजेटलाई आयतर्फ विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077