Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धरान उपमहानगरले ल्यायो १ अर्ब ७१ करोडको बजेट

धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार सो बजेट नगर उपप्रमुख आइन्द्र वेगाले नगरसभामा पेश गरेका हुन् ।

धरान उपमहानगरको तेह्रौ नगरसभामा पेश गरिएको बजेटमा नगर प्रमुख कोषको समेत सृजना गरिएको छ ।

धरान उपमहानगरपालिकाले प्रमुख कोषमा १ करोड ७५ लाख विनियोजन गरेको छ भने उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरिएको छ । यस्तै, आकस्मीक कोष तथा मर्मत कोषमा ५ लाख २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमानसहितको बजेट नगर उपप्रमुख आइन्द्र वेगाले नगरसभामा पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077