Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको विधान अधिवेशनमा समूह छलफल आजबाट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशनको दोस्रो दिन आजबाट समूह छलफल हुँदैछ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी अधिवेशनको पहिलो दिनको सत्रमा उपेन्द्र यादवले दुई परिच्छेदसम्म विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

सोही मस्यौदामाथि आज बिहान ९ बजेबाट छलफल सुरू हुन लागेको हो । आज अध्यक्ष यादव र केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेतले बाँकी मस्यौदा प्रस्तुत गरेपछि समूह छलफल आरम्भ हुनेछ ।

विधान मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको छ । २२ कार्यकारिणी सदस्यमध्येबाट १र१ जना सहजकर्ता तोकिएको छ । आज दिनभर समूह छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077