Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी हवाइ आक्रमणबाट सिरियामा १३ जना मारिए

एजेन्सी । रुसले उत्तरपश्चिम सिरियामा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित १३ जना मारिएका छन् ।

घटनामा घाइते भएका ३० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो ।

बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् ।

गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरियामाथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो । तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077