Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्धा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १२ घुस लिएका थिए । उनीहरुले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

घिमिरे र थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुरमा निजहरुलाई १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ देहाय क बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १० अनुसार बिगो बमोजिम जरिवाना सजायको मागदावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077