Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

    उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्धा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरुले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १२ घुस लिएका थिए । उनीहरुले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    घिमिरे र थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुरमा निजहरुलाई १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ देहाय क बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १० अनुसार बिगो बमोजिम जरिवाना सजायको मागदावी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार