Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने गठबन्धन दलको निर्णय

विराटनगर । कोशी प्रदेशका विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री हिक्मत कार्कीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री कार्कीले असार १४ गते विशेष अधिवेशन आह्वान गरेसँगै रणनीति बनाउन सोमबार बसेको गठबन्धन दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोशी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् ।

अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077