Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • गुल्मीमा खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु

    गुल्मीमा खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 765
    SHARES

    सांकेतिक तस्विर

    रुपन्देही । गुल्मीमा खहरे खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

    मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार ससुराली जाने क्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको बाढीले बगाएको हो ।



    प्रहरीका अनुसार उनीहरुको शव घटनास्थलबाट ८० मिटर तल फेला परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार