काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय पदाधिकारीलाई स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।
आज (आइतबार) सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको हो ।
राप्रपाका अनुसार पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास थालिएको छ । बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था पनि गरेको छ ।
यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने बताइएको छ ।