Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - प्रदूषणलाई चिन्ताको भन्दा चिन्तनको विषय बनाऔं

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यको दृष्टिकोणबाट प्रदूषणको चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमा लेख्दै काठमाडौं शहर प्रदूषणको सूचीमा १ नम्बर देखिएको भन्दै तत्काल कदम चाल्नुपर्ने बताएका हुन्।

अध्यक्ष ओलीले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौं सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको बताए ।

ओलीले लेखेका छन्,‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ।’

साथै उनले काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताए। उनले प्रदूषण घटाउन सबै मिलेर तत्काल कदम चाल्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077