Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु, नेपाल भने नआउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

भारतमा अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको ट्रफी टुर ‘स्ट्राटोस्फेरिक स्केल’ बाट सुरु भएको हो ।

आईसीसीले जनाएअनुसार पृथ्वीभन्दा १ लाख २० हजार फिटमाथि सोमबार विश्वकपको ट्रफी टुर सुरु गरिएको हो । ट्रफी टूर जुन २७ बाट सुरु भएर सेप्टेम्बर ४ तारिखसम्म चल्ने आईसीसीले जनाएको छ ।

आईसीसीको ट्रफी पाँच महादेशका १८ देशमा पुर्‍याइनेछ । ट्रफीलाई बहराइन, कुवेत, मलेसिया, पपुवा न्युगिनी, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली र अमेरिका घुमाइनेछ ।

विश्वकपको ट्रफी नेपालमा भने नआउने भएको छ । यसअघि २०२२ को टि-२० विश्वकपको ट्रफी नेपालमा ल्याएर विभिन्न स्थानमा प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077