Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पशुपतिमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गरौं : सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘धर्मको नाममा नौटङ्की बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी म आग्रह गर्न चाहन्छु सभामुख महोदय । पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय ।’

सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटङ्की बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरिन् ।

उनले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भर्त्सना समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077